Karnali Media
२०८३ असार १७ , बुधबार

किताब बेच्दै सुर्खेत आइपुगे बैज्ञानिक महाबिर पुन



सुर्खेत । राष्ट्रिय आविष्कार केन्द्रका बैज्ञानिक तथा संयोजक महाबिर पुन किताब बेच्न सुर्खेत आइपुगेका छन् । आज सुर्खेतको बोटेचौर, मेहेलकुना तथा छिन्चुमा किताब बेचेर बैज्ञानिक पुन वीरेन्द्रनगर आइपुगेका छन् ।

बिरगन्ज स्थित कृषि कारखाना संचालन गर्ने रकम जुटाउन महाबिर पुन आफ्नो जिवनीमा आधारित किताब बेच्न पूर्व पश्चिम यात्रामा रहेका छन् । आज १५ औं दिनमा सुर्खेत आइपुगेका महाविर पुनले भोलि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विभिन्न चोक चोकमा पुगेर किताब बेच्ने बताएका छन् ।


उनका अनुसार भोलि मंगलबार बिहान ८ बजे सुर्खेत वीरेन्द्रनगरको वीरेन्द्रचोकबाट किताब बेच्न सुरु हुनेछ । यस्तै मंगलगढी चोक, घण्टाघर चोक लगायतका चोकहरुमा भोलि दिनभर किताब बेच्नमा राखिने पनि उनले बताएका छन् ।

आज सुर्खेतको बोटेचौर, मेहेलकुना, जहेर बजार र छिन्चुमा बैज्ञानिक महाबिर पुनको किताब किन्नेको बाक्लो भिड लागेको थियो ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमबार