Karnali Media
२०८३ भदौ २२ , सोमबार

स्वर्णिम वाग्ले रास्वपाको कार्यबाहक सभापति



राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद स्वर्णिम वाग्लेलाई कार्यबाहक सभापति तोकेको छ।

सभापति रवि लामिछाने भारतमा नेपालीहरुले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन जाने भएकाले वाग्लेलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो।


अर्का उपसभापति डीपी अर्याल पनि रविसँगै भारत गएकाले स्वर्णिमलाई जिम्मेवारी दिइएको हो। गत मंसिरमा सभापति लामिछाने मलेसिया जाँदा अर्याल कार्यबाहक सभापति भएका थिए।

सभापति लामिछाने माघ १३ र १४ गते दुई दिन भारत भ्रमणमा जाँदै छन्। सोही अवधिसम्मका लागि वाग्लेलाई उक्त जिम्मेवारी दिइएको सभापति लामिछानेले बताएका छन्।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतबार