दैलेख । दैलेखको दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालको सचिवालयमा आगलागि भएको छ । विद्युत सट भएर नगरप्रमुखको सचिवालयमा आगलागि भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
अहिले करिब ७ बजेर ५० मिनेटको समयमा भएको आगलागिबाट सोफा सेट, केही कुर्सी, एक थान कलर र एक थान साधा प्रिन्टर, एक थान अफिस टेबल, एक थान कम्प्युटर टेबल र केही थान कागजपत्र तथा मायाको चिनो र दुल्लुको बारेमा लेखिएका केही थान किताब जलेर पूर्ण रुपमा नष्ट भएको र यसबाट करिब १५ लाख बराबरको क्षती भएको दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपालले बताएको ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरिक्षक कृष्ण डाङ्गीले कर्णाली मिडियालाई बताए ।
प्ररहीले अहिले आगलागि नियन्त्रणमा लिइसकेको छ । विद्युतको लाइन व्यवस्थित नहुँदा आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ ।
संवाददाता । मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित