जाजारकोट । जाजारकोट भूकम्पबाट प्रभावित क्षेत्रमा ६५ लाख बराबरको राहात सामाग्री हस्तान्तरण गरिएको छ । गिभ टु एसियाको आर्थिक सहयोगमा ग्रुप फर टेक्निकल एसिस्टेन्सको समन्वयमा राहात समाग्री हस्तान्तरण गरिएको हो ।
गत कार्तिक १७ गते राति जाजारकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट अतिप्रभावित जाजारकोटको नलगाड नगरपालिका र रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकामा आइतबार ग्रुप फर टेक्निकल एसिस्टेन्सले ६५ लाख बराबरको राहात समाग्री हस्तान्तरण गरेको छ ।
पालिकाले आवश्यकताका आधारमा प्रभावित वडाका नागरिकहरुलाई राहात वितरण गर्ने सर्तमा पालिकालाई राहात सामाग्री हस्तान्तरण गरिएको छ । नलगाड नगरपालिकामा चामल ३ सय बोरा, पियुस प्लस ५ सय १२ बोत्तल, सर्वोतम पिठो ५ सय प्याकेट, हाईजिन किट ५ सय सेट, ब्लाङ्केट ५ सय थान, सरसफाई किट ५ सय सेट, स्टेशनरी ५ सय ३५ थान, डस्टबिन ३ सेट र पालिकाका २ वटा विद्यालयका लागि आपतकालिन उद्धार सामाग्रीहरु २ सेट हस्तान्तरण गरिएको हो । यस्तै आठबिसकोट नगरपालिकामा जि.आई सिट (जस्तापाता) ५४ बण्डल, प्युस प्लस ५ सय १३ बोत्तल, सर्वोत्तम पिठो ५ सय प्याकेज, हाईजिन किट ५ सय सेट, सरसफाई किट ५ सय सेट, ब्लाङ्केट ५ सय थान, डस्टबिन ३ थान, स्टेशनरी ५ सय थान र पालिकाका २ वटा विद्यालयका लागि २ सेट आपतकालिन उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
राहात सामाग्री हस्तान्तरण कार्यक्रममा ग्रुप फर टेक्निकल एसिस्टेन्सका सचिव भोलानाथ चौधरीले भूकम्प प्रभावित क्षेत्रका स्थानियहरुको विपद् पछिको पुनस्र्थापनामा सहायत्री बन्न र विपद्का घाउहरुमा मलम लगाउँन मदत पु¥याउने उदेश्यले ग्रुप फर टेक्निकल एसिस्टेन्सले राहात सामाग्री हस्तान्तरण गरेको बताए । स्थानिय सरकारले नागरिकको आवश्यकताको आधारमा अतिप्रभावित क्षेत्रमा राहात हस्तान्तरण गर्ने अपेक्षा लिएको सचिव चौधरीको भनाइ छ । उनले पालिकाहरुसंगको समन्वयमा आवश्यकताको आधारमा राहात सामाग्री ल्याएको हुँदा यसले भूकम्प प्रभावित नागरिकहरुलाई राहातको महशुस हुने विश्वास व्यक्त गरे ।
राहात समाग्री ग्रहण गर्दै नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर बहादुर रावतले महत्वपूर्ण राहात समाग्री हस्तान्तरण गरेकोमा ग्रुप फर टेक्निकल एसिस्टेन्स् र गिभ टु एसियालाई आभार प्रकट गर्दै यो समाग्रीले भूकम्पबाट प्रभावित नगरबासीले राहातको महशुस गर्ने बताए । नलगाड नगरपालिका भूकम्प पछिको उद्धार र पुनस्र्थापनाको क्षेत्रमा अन्य पालिकाको तुलनामा अगाडि रहेको र यसमा विभिन्न सहयोगी संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले विशेषगरि ग्रुप फर टेक्निकल एसिस्टेन्स्ले प्रदान गरेको राहात सामाग्री प्रत्यक्ष रुपमा नगरपालिकालाई हस्तान्तरण गरेको र यो राहातलाई पालिकाको अतिप्रभावित क्षेत्रका नागरिकहरुलाई आवश्यकताका आधारमा वितरण गर्ने उनको भनाई छ ।
यस्तै आठबिसकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत इन्द्र बहादुर बस्नेतले राहात समाग्री ग्रहण गर्दै यो राहातले भूकम्प पछिको पालिकाको राहात र पुनस्र्थापनामा साथै विपद्को समयमा प्रतिकार्यको लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । विभिन्न रहात समाग्री संगै विद्यालयहरुका लागि प्रदान गरिएको आपतकालिन उद्धार समाग्रीहरुले विपद्को समयमा उद्धार गर्न सहयोग पु¥याउने बताउँदै पालिकामा भूकम्पले विद्यालयलाई पनि असर गरेको हुँदा अब विद्यालय स्तरबाट नै विपद् सम्बन्धि सचेतना र पुनस्र्थापनाका कामहरु संचालन गनुपर्ने उनको भनाइ छ ।
राहात हस्तान्तरणमा ग्रुप फर टेक्निकल एसिस्टेन्स्का सचिव भोलानाथ चौधरी लगायत विजनेश डेभलभमेन्ट कोर्डिनेटर सुदिम शर्मा, समाजसेवी तथा भूकम्प प्रभावितका सहयात्री महेन्द्र थापा (मानवसेवा)को समन्वयकारी भूमिका रहेको थियो । साथै समाज कल्याण परिषद्का सदस्य नारायण गिरीले राहात सामाग्रीहरुको प्रत्यक्ष रुपमा अवलोकन तथा अनुगमन गरेका थिए ।
संवाददाता । सोमबार, माघ २२, २०८० मा प्रकाशित