क्यानडाविरुद्धको ओडीआई क्रिकेट शुंखला नेपालले जितेको छ । शनिबार घरेलु मैदान त्रिविमा नेपालले दोस्रो खेलमा पनि जित हात पारेसँगै शृंखलामा अजय बढत लिएको हो । नेपाललाई एक खेल अगावै शृंखला दिलाउने क्रममा कप्तान रोहित पौडेलले सानदार अलराउन्ड प्रदर्शन गरे ।
शनिबार नेपाल ४ विकेटले विजयी भयो । क्यानडाले ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो । २८६ रनको लक्ष्य पाएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । बिहीबार नेपालले पहिलो खेल नाटकीय रुपमा ७ रनले जितेको थियो । त्यस खेलमा पनि चार विकेट लिएर राेहितले नेपाललाई जित दिलाएका थिए ।
नेपालको जितमा कप्तान रोहित पौडेल ब्याटिङ र बलिङ दुवैमा चम्के । टस जितेर क्यानडाले पहिला ब्याटिङ गरेको थियो । पहिलो पावर प्लेमा विकेट नगुमाएर ठूलो स्कोरतर्फ अगाडि बढेको क्यानडाविरुद्ध पौडेलले २ विकेट लिए ।
यसपछि जवाफी ब्याटिङ गर्दा नेपालले पहिलो विकेट ५५ रनमा गुमाएको थियो भने दोस्रो विकेट ६४ रनमा गुमायो । यसरी लगातार विकेट गुमाउँदा दबाबमा परेको नेपाललाई रोहितले देव खनालसँग मिलेर सम्हाले । सुरुमा निकै सुस्त खेलेका उनले पछि रन गति बढाएका थिए । उनी १०१ बलमा ८७ रन बनाएर आउट भए । उनले यसक्रममा ८ चौका र ४ छक्का प्रहार गरेका थिए ।
कप्तान रोहितलाई साथ दिएका देव खनालले आफ्नो ओडीआई रेकर्ड सुधारे । उनले ८१ बलमा ७६ रन बनाए । यसअघि उनले सर्वाधिक रन ७२ बनाएका थिए । रोहित र देवबीच चौथो विकेटका लागि १५० रनको साझेदारी भएको थियो । यही साझेदारी जितको आधार बन्यो ।
संवाददाता । शनिबार, माघ २७, २०८० मा प्रकाशित