Karnali Media
२०८३ असार १३ , शनिबार

शंकर पोखरेल सवार गाडी दैलेखमा दुर्घटना



नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ ।

पार्टीको कामका लागि दैलेख जाँदै गर्दा दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रामा महासचिव पोखरेल चढेको गाडी पल्टिएको हो । पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दुर्घटना भएको थियो ।


जिप दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल छन् ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतबार