Karnali Media
२०८३ असार १७ , बुधबार

क्यानडाविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्विप’



क्यानडाविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिज नेपालले क्लिन स्वीप गरेको छ ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालका ओपनर अनिल साह र भीम सार्कीको शतकमा नेपालले ९ विकेटको जित दर्ता गर्‍यो ।


क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमबार