Karnali Media
२०८३ साउन ७ , बिहीबार

कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिने सङ्केत



सुर्खेत । कर्णाली प्रदेश सरकारमा सत्तारुढ दलहरूबीच मतभेद देखिन थालेको छ । सत्तासाझेदार दल नेपाली कांग्रेस सरकारबाट बाहिरिने सङ्केत देखिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘यो अराजकता को अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरहनु उपयुक्त हो ।सोही बमोजिम कांग्रेसबाट सहभागी मन्त्रीहरूले व्यवस्थापन गर्दा राम्रो होला ।’ भनेर स्टाटस लेख्दै कर्णाली सरकारबाट काँग्रेस बाहिरिने सङ्केत देखाएका छन् ।


यो स्टाटसले कर्णालीमा सत्तारुढ दलहरूबीच मतभेद देखिएको प्रस्ट देखिन्छ ।

प्रकाशित मिति : २०८० फागुन ३ गते बिहीबार