Karnali Media
२०८३ भदौ २८ , आइतबार

रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण



रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि ७५ करोड ११ लाख ५० हजार निकासा भएको छभने हालसम्म जिल्लामा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएका छन् । पाँच हजार ६३७ निर्माणाधीन छन् ।

जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा आठविसकोट नगरपालिकामा सबैभन्दा बढी ८ हजार ८९८ वटा अस्थायी आवास निर्माण भएका छन् ।


त्यस्तै चौरजहारी नगरपालिकामा ५ हजार ५६३, मुसीकोट नगरपालिकामा ६६६ वटा, सानीभेरी गाउँपालिकामा छ हजार ६७५, त्रिवेणी गाउँपालिकामा ३ हजार २६४ र बाँफिकोट गाउँपालिकामा २ हजार ६४१ वटा अस्थायी आवास निर्माण भएका छन् ।

चौरजहारी नगरपालिकामा १५ करोड ६९ लाख ७४ हजार, आठविसकोट नगरपालिकामा २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा ३ करोड ८६ लाख ७५ हजार, सानीभेरी गाउँपालिकामा १४ करोड ३३ लाख, त्रिवेणी गाउँपालिकामा १० करोड २८ लाख ७५ हजार र बाँफिकोट गाउँपालिकामा ६ करोड ६० लाख २५ हजार लाभग्राहीको खातामा रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फागुन ४ गते शुक्रबार