सुर्खेत । जेसीजको मल्टी च्याप्टर पार्लियामेन्ट्री प्रोसिड्युर तालिम सम्पन्न भएको छ ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा वीरेन्द्रनगर जेसीजको आयोजनामा तथा सुर्खेत महिला जेसीज, वीरेन्द्रनगर जुनियर जेसीज, कर्णाली जेसीज र भेरीगंगा जेसीजको सहआयोजनामा मल्टी च्याप्टर पार्लियामेन्ट्री प्रोसिड्युर तालिम सम्पन्न गरिएको हो ।
जेसीजका पदाधिकारीहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने, माइन्युट लेखन, बैठकमा लागु हुने नियम सम्बन्धि जानकारी दिने उद्देश्यले यो तालिम आयोजना गरिएको हो । यसैगरि आयोजक संस्था वीरेन्द्रनगर जेसीजका अध्यक्ष हिक्मत सापकोटाले कर्णालीमा रहेका शाखाहरुको भातृत्वको भावना विकास गर्ने ध्ययका साथ सबै शाखाहरुको समग्र तालिम गरिएको बताए । आगामी दिनमा कर्णालीमा रहेका दैलेख जेसीज, सल्यान जेसीज जस्ता अन्य शाखहरुको समेत उपस्थिति गराउने सापकोटाको भनाई छ ।
नेतृत्व र व्यक्तित्व विकास गर्नका लागि मल्टी च्याप्टर पार्लियामेन्ट्री प्रोसिड्युर तालिम निकै महत्वपुर्ण रहेको तालिमका प्रशिक्षक अनिल शाहीको भनाइ छ । उनले पदाधिकारीहरुलाई जिम्मेवारी बुझाउदै बोर्ड बैठक सञ्चालन गर्ने नियम सम्म प्रशिक्षण गरेका हुन् ।
तालिममा नेपाल जेसीज वर्ष २०२४ का राष्टिय उपाध्यक्ष सीता भण्डारी, सुर्खेत महिला जेसीजका अध्यक्ष मिना गुरु , वीरेन्द्रनगर जुनियर जेसीजका अध्यक्ष शंखर आचार्य, कर्णाली जेसीजका अध्यक्ष गणेशमान पाण्डे, भेरीगंगा जेसीजका अध्यक्ष गणेश वली लगाएत सम्पुर्ण शाखाका पूर्व अध्यक्षहरु, सबै शाखाका पदाधिकारी, बोर्डका सदस्यहरुको उपस्थिति रहेको थियो ।
संवाददाता । शनिबार, फागुन ०५, २०८० मा प्रकाशित