सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन १४ गतेबाट आयोजना हुने तेश्रो कर्णाली एक्सपोमा ‘टक शो’ कार्यक्रम हुने भएको छ ।
एक्स्पोलाई मनोरञ्जन संगै ज्ञानवद्र्धक बनाउँन ‘टक शो’को आयोजना गरिएको आयोजक सुर्खेत उद्योग बाणिज्य संघले जनाएको छ । ‘टक शो’ मार्फत कर्णालीका विभिन्न विषयबस्तुमा बहस हुने बताइएको छ ।
‘टक शो’मा महिला सहभागिता र नेतृत्व, लागूऔषध दूव्र्यसन रोकथाम र चुनौती, प्राकृतिक सम्पदा पर्यटन र पराङ्गारिक कृषि, नीति र नेतृत्व, युवा अवसर पलायन र चुनौती, स्वच्छ स्वस्थ र सक्रिय कर्णाली र कर्णालीमा शिक्षा लगायतका विषयमा छलफल हुने आयोजकको भनाइ छ । टक शोमा विषयसंग सम्बन्धित वत्ता तथा विज्ञहरुसंग टश शो सहजकर्ताहरुले छलफल गर्नेछन् ।
कर्णाली एक्सपो संचालन हुने प्रत्येक दिन एउटा विषयमा टक शो हुने तालिका रहेको छ । यसमा उठेका विषयहरु तथा समाधानका उपायहरुलाई सम्बन्धित निकायसम्म पुराएर त्यसको कार्यान्वयन गरि समृद्ध कर्णाली प्रदेश बनाउँन मदत पु¥याउने यसको उदेश्य रहेको छ ।
संवाददाता । बुधबार, फागुन ०९, २०८० मा प्रकाशित