Karnali Media
२०८३ असार २ , मंगलबार

वीरेन्द्रनगरमा शनिबार राति गोली चलेको घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ



सुर्खेत । सुर्खेतमा शनिबार राति गोली चलेको घटनाालई लिएर ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका – १ को गौरीटोलमा राति ९ बजेतिर गोली चलेको थियो ।

वीरेन्द्रनगरकै स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली हानिएको अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ ।


घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । उनीहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार