Karnali Media
२०८३ जेठ २६ , मंगलबार

महाशिवरात्रीको पूर्व सन्ध्यामा सुर्खेत लेडी जेसीजद्वारा शिव मन्दिर सरसफाई



सुर्खेत । महाशिवरात्रीको पूर्व सन्ध्यामा लेडी जेसीज सुर्खेत शाखाले बीरेन्द्रनगर गणेशचौकमा रहेको शिव मन्दिर सरसफाइ तथा सजावट गरेको छ । शाखाका पदाधिकारी तथा पूर्व अध्यक्षसहितको टोलीले मन्दिर सफाइसहित विभिन्न सामाग्रीहरु लगाएर सजाउने काम गरेको थियो ।

शाखाकी अध्यक्ष मनिषा कौषलको नेतृत्वमा रहेको सरसफाइ अभियानमा मन्दिर समितिका अध्यक्ष सागर भुषाल, शाखाकी पूर्व अध्यक्षहरु ज्योति पौडेल, सुष्मा गिरी, सिया प्रधान कार्की,, प्रमि शाक्य, निवर्तमान अध्यक्ष लक्ष्मि गुरुङ,लगायतको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।


शिवरात्री मंगलबार मनाइदैछ यसैलाई मध्यनजर गरेर यो कार्यक्रम गरिएको हो ।
सरसफाइ अभियानको संयोजक कार्यकारीणी उपाध्यक्ष सिता भण्डारी रहनु भएको थियो ।

प्रकाशित मिति : २०७८ फागुन १६ गते सोमबार