Karnali Media
२०८३ असार २ , मंगलबार

कर्णाली एक्सपोमा भोलि प्रकाश सपुत र प्रिती आलेको प्रस्तुति रहने



सुर्खेत । सुर्खेतमा जारी तेश्रो कर्णाली एक्सपोको पाचौं दिन भोलि कलाकार प्रकाश सपुत लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको कर्णाली एक्सपोको पाचौं दिन कलाकारहरु प्रकाश सपुत र प्रिती आले लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।


कर्णाली एक्सपोमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरु साँगीतिक प्रस्तुती संगै कृषि, व्यापार प्रदर्शनी, विभिन्न व्यापारिक स्टल, बालबालिकाको लागि बाल उद्यान लगायतका स्टलहरु रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फको खुल्ला चौरमा भइरहेको कर्णाली एक्सपोमा टक शो, प्याराग्लाइडिङ, घोडा सवारी संगै कर्णालीका विभिन्न पर्यटकीय स्थलको अवलोकनका लागि विशेष छुटमा भिजिट कर्णाली यातायात प्रालीले स्कारपियो जीपको व्यवस्था पनि गरेको छ ।

प्रकाशित मिति : २०८० फागुन १८ गते शुक्रबार