Karnali Media
२०८३ जेठ २८ , बिहीबार

आफ्ना मन्त्रीहरूलाई बिदा हुन नेकपा एसको निर्देशन



नेकपा एकीकृत समाजवादीले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ ।

प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएपछि अन्योलमा रहेको नेकपा एसले नयाँ मन्त्रीको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको हो ।


सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले भने, ‘प्रधानमन्त्रीले हाम्रा मन्त्रीजीहरूलाई के भन्नुभयो त्यो थाहा भएन । तर, हामीले अहिले नयाँ मन्त्रीहरूको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिइसकेका छौं ।’

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एसबाट कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् । त्यस्तै नन्दा चपाईँ भौतिकमै राज्यमन्त्री छिन् ।

प्रकाशित मिति : २०८० फागुन २१ गते सोमबार