Karnali Media
२०८३ जेठ २८ , बिहीबार

रवि लामिछाने गृहमन्त्री बन्ने पक्का!



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनमा भएको सत्ता भागबन्डामा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भन्ने सहमति भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धनमा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निश्चित बनेको हो । नयाँ सत्ता समिकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा मन्त्रालय पाएको छ ।


उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाको भागमा परेको पार्टी उच्च स्रोतले जानकारी दियो ।

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयबारे टु‌गो लगाएको हो ।

प्रकाशित मिति : २०८० फागुन २३ गते बुधबार