Karnali Media
२०८३ असार २ , मंगलबार

वीरेन्द्रनगरमा यसरी हटाउँन सुरु भयो सार्वजनिक स्थलमा बनेका संरचनाहरु (तस्बिरहरु)



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा सार्वजनिक स्थलमा बनेका संरचनाहरु हटाउँन सुरु गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले बुधबार डोजर नै चलाएर संरचनाहरु हटाउँन सुरु गरेको छ । वीरेन्द्रनगरको घण्टाघर, गोदामलाईन, हङ्कङ बजार लगायतका क्षेत्रमा रहेका संरचनाहरुलाई हटाउँन आज पहिलो चरणमा डोजर चलाइएको छ ।

नगरपालिकाले ३५ दिने सुचना जारी गरि सार्वजनिक जग्गामा व्यावसाय गरि बसेका व्यापारीहरुलाई उक्त स्थान खालि गर्न अनुरोध गरेको थियो । ३५ दिने सुचनाको म्याद समाप्त हुँदा पनि व्यपारीहरुले सटर खालि नगरेपछि आज नगरपालिकाले डोजर चलाएको हो ।


संरचना हटाउँन डोजर चल्दा केही समय नगरपालिकाका कर्मचारी र डोजरमा स्थानिय व्यापारीहरुले ढुङ्गा प्रहार समेत गरेका थिए । जसबाट केही व्यक्ति सामान्य घाइते समेत भएका छन् । भने डोजरमा क्षती पुगेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको सरकारी जग्गामा बनेका संरचनालाई हटाएर नगरपालिकाले पार्किङ क्षेत्र बनाउँने उदेश्य लिएर नगरप्रमुख मोहनमाया ढकाललको भनाई छ ।

प्रकाशित मिति : २०८० फागुन ३० गते बुधबार