सुर्खेत । अहिले राजनिती फोहोरी वन्दै गईरहेको छ पैसा र बल हुनेले राजनीतिमा जे गरेनी हुन्छ भन्ने धारणा बिकास भैरहेको बेला शनिबार सुर्खेत आएका राप्रपा प्रबक्ता ज्ञ्यानेन्द्र शाहिले आम सभालाई सम्बोधन गर्दै अब समाजसेवा गरेर राजनीतिमा आउन चुनौती दिएका छन ।
उनले आफू राप्रपामा कुनै स्वार्थ धम्की र बाध्यताले नभई राजनीतिमा भएको फोहोरी खेललाई अन्त्य गर्न आफू राजनितीमा आएको बताएका छन । झण्डै ५ हजार बढीको सहभागीतामा भएको आमसभामा उनले अबको रणनीति बारे स्पष्ट धारणा राखेका थिय ।
सुर्खेतमा भएको उक्त आमसभाबाट १ हजार बढिले राप्रपामा प्रबेस गरेका छन । ज्ञ्यानेन्द्र शाही सङ्गै राप्रपा अध्यक्ष राजेन्द्र लिन्देन लगएतले उक्त कार्यक्रममा आफ्नो भनाई राखेका थियो ।
पूरा भिडियो हेर्न
संवाददाता । मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित