Karnali Media
२०८३ असार २ , मंगलबार

महिला जेसीजका पदाधिकारीहरुको नेतृत्व विकासका लागि उद्घोषणकला तालिम सम्पन्न



सुर्खेत । सुर्खेत महिला जेसीजले एकदिने उद्घोषणकला तालिम सम्पन्न गरेको छ ।

शनिबार सुर्खेत महिला जेसीजका पदाधिकारीहरुको नेतृत्व र व्यक्तित्व विकासमा सघाउ पुर्याउने उद्देश्यले एकदिने उद्घोषणकला तालिम सन्चालन गरिएको हो ।


पदाधिकारीहरुलाई कुनै पनि कार्यक्रम संचालन गर्न तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सुर्खेत महिला जेसिजकी अध्यक्ष मिना गुुरुङले जानकारी दिईन् ।

उद्घोषणकला कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक माया थापाले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरि व्यक्ति क्रियाशिल हुनु पर्ने बताइन् ।

प्रकाशित मिति : २०८० चैत १० गते शनिबार