सुर्खेत । होप पोलिक्लिनिक तथा डाइग्नोस्टिक सेन्टर प्रा.लीले आज स्वास्थ सिविर सम्पन्न गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर ३ एरिचोकमा रहेको यस क्लिनिकले शनिबार स्वास्थ सिविर सम्पन्न गरेको हो । सिविरबाट विभिन्न रोगहरुबाट प्रभावित भएका करिब एकसय जनाभन्दा बढिले सेवा लिएका छन् । क्लिनिकमै संचालन भएको यस सिविरमा डाक्टर चेकजाँच, ल्याव टेस्ट, व्लड सुगर टेस्ट लगायतका सेवाहरु निःशुल्क र अन्य सेवाहरुमा २० प्रतिशत छुट रहेको थियो ।
स्वास्थ्य सिविरमा बरिष्ठ जनरल फिजिसियन डा. सरोज गिरी र मेडिकल अधिकृत डा. इन्द्र थापाले विरामीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरेका थिए ।
होप पोलिक्लिनिकले संचालन गरेको स्वास्थ सिविरमा सेवा लिनका लागि वीरेन्द्रनगरसँगै पश्चिम सुर्खेत र दैलेखबाट पनि विभन्नि विरामीहरुको उपस्थिती भएको थियो । यस सिविरबाट आफ्नो रोगबारे निःशुल्क जानकारी पाएको साथै अनुभवी डाक्टरहरुबाट चेकजाँच गर्न पाएको भन्दै सेवाग्राहीहरुले खुसि व्यक्त गरेका छन् ।
संवाददाता । शनिबार, चैत १०, २०८० मा प्रकाशित