Karnali Media
२०८३ साउन ७ , बिहीबार

दैलेखमा भाइको सट्टामा एसइई दिन गएका दाई पक्राउ



दैलेख । दैलेखमा भाइका सट्टामा नक्कली परिक्षार्थी बनेर एसइई दिन गएका दाईलाई प्रहरीले पक्राउ गरेको छ । दैलेख सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

एसइई परिक्षाको पहिलो दिन आज अङ्ग्रेजी विषयको परिक्षामा भाइको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर नक्कली परीक्षार्थी परिक्षा दिइरहेको भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निकरबहादुर तारीमाले बताए ।


प्रहरीका अनुसरा महाबु गाउँपालिकाको गैडाबाज माध्यमिक विद्यालय रानीवनका नियमित एसइई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका आरोपित दाई नारायण नगरपालिका–१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८० चैत १५ गते बिहीबार