Karnali Media
२०८३ जेठ २६ , मंगलबार

वीरेन्द्रनगर युवा क्लवद्वारा कैदीवन्दीलाई होली खेल्ने सामाग्री वितरण



सुर्खेत । वीरेन्द्रनगर युवा क्लवले विहीवार जिल्ला कारागार सुर्खेतमा रहेका कैदीवन्दीहरुलाई होली खेल्नका लागी सामग्रीहरु वितरण गरेको छ ।
केहि समय पहिले सुर्खेतमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको क्लवले आज कारागारमै एक कार्यक्रमको आयोजना गरेर होलीका सामाग्री हस्तान्तरण गरेको हो।

कैदीवन्दीहरुको होली खेल्ने चाहना पूरा गर्नका लागि होली विशेष सामाग्री वितरण गरेको क्लब जनाएको छ । क्लवले केही दिन पहिले पनि खेलकुदका सामाग्री वितरण गरेको थियो ।
क्लवले यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाएको छ ।


 

प्रकाशित मिति : २०७८ चैत ३ गते बिहीबार