सुर्खेत । पछिल्लो समयमा टिकटक , फोटो, पिक्निक को लागि निकै भाइरल भएको जर्बुटा फोहोर ले पनि उतिकै भाइरल बनेको छ । जर्बुटामा बढ्दै गएको फोहोर व्यबस्थापन गर्न मैना देवि फाउन्डेसन र Green Ranger Earth Surkhet को समन्वयमा विरेन्द्रनगर सुर्खेत स्थित जर्बुटामा “HIKING AND TRASH CHALLANGE” गरेर हिजो सनिवार सरसफाई र पर्यटकहरुलाई फोहोर व्यबस्थापन बारे सचेतना कार्यक्रम गरिएको छ ।
मैन देवि फाउन्डेसन को विरेन्द्रनगर सहर इन्चार्ज प्रिसिला गिरी भन्छिन “भाइरल ठाउँ भनेर गएको भाइरल फोहोरहरु पो रहेछ,
‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्दै गर्दा हामी भित्र रहेको प्रत्यक ‘म’ ले आफ्नो आफ्नो फोहोरको जिम्मा आफै लियौ भने पक्कै पनि देश बद्लिन केही बेर पनि लाग्दैन होला । हामी प्राकृति को एउटा सुन्दर ठाउँ मा रमाउन , फोटो खिच्न , टिकटक बनाउन , पिक्निक खान जान्छौं त्यहा लिइएको तस्बिर र भिडियो भाइरल हुन्छ भनेर तर यो सोच्दैनौ कि त्यहा हामीले गरेको फोहोर पनि भाइरल हुन्छ भनेर । त्यसैलै एउटा जिम्मेवार नागरिकको भुमिका निर्वाह गरौं आफू पनि फोहोर नगरौ र अरुलाई पनि सचेत गराउ ।”
यस्तै Green Ranger Earth Surkhet का Mobilization Head कमल देव यादव भन्छन “युवाले नै देश को मुहार फर्ने हुन, यसरी सबै युवाहरु एक जुट भएर स्वच्छ सहर बनाउन लाग्यौ भने देश परिवर्तन हुन र हरेक व्यक्ति को सोच परिवर्तन हुन केही समय पनि लाग्दैन । हामी ले व्यक्तिगत सम्पत्ति जसरी संरक्षण गर्छौ त्यसरी नै प्राकृतिक सम्पत्तिलाई पनि संरक्षण गरौ, प्राकृति लाई पनि बचाउ र आफू पनि बचौ ।”
हाम्रा पर्यटकीय सम्पदाहरु पछिल्लो समय पर्यटकहरुको रोजाईमा पर्दै गएका छन जसले गर्दा सामाजिक र आर्थिक विकासमा मदत पुगेको छ । यसका साथै पर्यटकको आगमन सङ्गै हुने फोहोर व्यबस्थापन लगायतका विभिन्न चुनौतिहरु थपिरहेका छन यसको समाधानमा सबै एकजुट हुन जरुरी छ ।
संवाददाता । आइतबार, चैत ०६, २०७८ मा प्रकाशित