Karnali Media
२०८३ साउन ६ , बुधबार

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै छ ।

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।


सन्दीप पक्षका वकिलहरूले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०८१ वैशाख १६ गते आइतबार