सुर्खेत । सुर्खेतको बुलबुले भेरी एकेडेमीमा बालबिबाह विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट कर्णाली प्रदेशको आयोजनामा बालबिबाह विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
वीरेन्द्रनगरको बुलबुले भेरी एकेडेमीमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागि कार्यक्रममा बालबिबाहले समाजमा पारेका नकारात्मक असर, यसबाट हुने जोखिम र यसको रोकथामका लागि विद्यार्थीहरुले खेल्नुपर्ने भुमिकाको बारेमा छलफल गरिएको थियो । साथै बालबिबाह विरुद्ध सचेतनामूलक विभिन्न प्रस्तुति पनि प्रदर्शन गरिएको थियो ।
प्रोजेक्ट थ्री एल मा स्काउट मोबिलाइजेशन अगेन्स्ट चाइल्ड म्यारिज अन्तर्गत भएको कार्यक्रममा रेन्जर दिक्षिता शाही, झरना कार्की र शिला शाही ठकुरीले सचेतनामूलक प्रस्तुतिहरु मार्फत विद्यार्थीलाई बालबिबाहले स्वस्थ्य, समाज र भविष्यमा पार्ने असरको बारेमा जानकारी दिएका थिए । कार्यक्रम पश्चात विद्यार्थीहरुले पनि आ-आफ्नो अनुभव र समाजमा देखेका समस्याहरु समेत सुनाएका थिए ।
सबै विद्यार्थीहरुले कार्यक्रम पश्चात बालबिबाहको विरुद्धमा लाग्ने प्रण पनि गरेका छन् ।
संवाददाता । शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित