Karnali Media
२०८३ भदौ २८ , आइतबार

मुगुमा यार्सा टिप्न गएका जुम्लाका एक युवकको लेक लागेर मृत्यु



मुगुमा यार्सा टिप्न गएका जुम्लाका एक युवकको लेक लागेर मृत्यु भएको छ।

मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका जुम्ला पातारासी गाउँपालिका(३ चौर गाउँका अन्दाजी २६ वर्षीय सुर्ज रावतको लेक लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार यार्सा टिप्न गएका उनी लेक लागेर अकस्मात् बिरामी परेका थिए। सो पश्चात् रावतलाई आफन्तले पुलु स्वास्थ्य चौकीमा ल्याए। त्यहाँ सामान्य उपचारपछि जिल्ला अस्पताल ठिनीमा ल्याउँदै गर्दा उनको ज्यान गएको हो।


पाटनमा यार्सा टिप्न जाँदा ‘हाईआल्टीट्युड’ ले अकस्मात् बिरामी हुने र तत्काल औषधि उपचार तथा उद्धार नहुँदा बर्सेनि यार्सा संकलकको ज्यान जाने गरेको छ।

मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १५ गते पछि मात्र पाटन क्षेत्रमा यार्सा टिप्न स्थानीयलाई अनुमति दिने निर्णय गरेको थियो। तर पनि मानिसहरू लुकिछिपी यार्सा टिप्न जाने गरेको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए।

प्रकाशित मिति : २०८१ वैशाख २७ गते बिहीबार