Karnali Media
२०८३ असार २ , मंगलबार

तेस्रो नमुना कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनल भोलि हुँदै



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भइरहेको तेस्रो नमुना कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनल भोलि हुँदै छ ।

३४ टिमहरु सहभागि खुल्ला ब्याटमिन्टन प्रतियोगिताको फाइनल खेल सन्देश गहतराज, जीवन रास्कोटी र अम्मर थापा, निम शाहीबीच हुनेछ । फाइनल खेल शनिबार विहान ७ बजे हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले ४२ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


नमुना युवा क्लबले आयोजना गरेको नमुना तेस्रो नमुना कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता यहि चैत २६ गतेबाट वीरेन्द्रनगर ४ भैरबस्थानमा सुरु भएको थियो ।

प्रकाशित मिति : २०८१ वैशाख २८ गते शुक्रबार