दैलेखको भैरबी गाउँपालिका १ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको लागि अहिले ड्रिलिङको काम भइरहेको छ । जमिनभन्दा मुनि ४ किलोमिटर ड्रिलिङ गरेर यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ रहेको भन्ने अध्ययन गरिनेछ ।
अहिलेसम्म ५३ मिटर ड्रिलिङको काम सम्पन्न भइसकेको छ । करिब ६ महिनामा यहाँ कतिमात्रामा पेट्रोलियम पदार्थ रहेको छ पत्ता लाग्ने जियोलोजिकल सर्भे कम्पनीले जनाएको छ । जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेर ड्रिलिङको काम भइरहेको छ । यहाँ चिनियाँ र नेपाली नागरिकहरुले काम गरिरहका छन् । यहाँ ३४ जना स्थानीयहरुले काम गरिरहेका छन् ।
यो क्षेत्रको २० हजार २० वर्गमिटरमा गरिएको सर्भेको आधारमा ड्रिलिङको काम सुरु गरिएको हो ।
दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको लागि २०७५ चैतमा नेपाल र चिनबीच प्रधामन्त्री स्तरिय द्धिपक्षिय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनिया जियोलोजिकल सर्भे कम्पनीबीच अन्वेषण र उत्खनन् गर्न २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो ।
यसबारेमा तयार पारिएको यो स्थलगत भिडियो रिर्पोट हेर्नुहोस्ः
संवाददाता । बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित