Karnali Media
२०८३ असार २ , मंगलबार

हाम्रो कर्णाली बहुउद्देश्यीय सहकारीद्वारा बार्षिकउत्सवको अवसरमा स्वास्थ्य शिबिर



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा रहेको हाम्रो कर्णाली बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौ बार्षिकउत्सवको अवसरमा सदस्य केन्द्रित स्वास्थ्य शिबिर संचालन गरेको छ ।

सहकारी संस्थाको आयोजनामा होप पोलिक्लिनिक तथा डाइग्नोस्टिक सेन्टर प्रालीको प्राविधिक सहयोगमा स्वास्थ्य शिबिर संचालन गरिएको थियो । शिबिरबाट एक सय तीन जनाले सेवा लिएका छन् । स्वास्थ्य शिबिरमा चेकजाँच सहित विभिन्न उपाचार र ल्याब टेस्ट निःशुल्क रहनुका साथै विभिन्न रोगहरुको उपाचारमा २० प्रतिशतसम्मको छुट प्रदान गरिएको छ ।


हाम्रो कर्णाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सूर्य थापा विक्रमको अध्यक्षतामा भएको संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको स्वास्थ्य शिबिर कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथी कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, विशेष अतिथी जिल्ला सहकारी संघ जिल्ला अध्यक्ष अमृत बिसी, अतिथी राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक साधरनाथ योगी तथा डाक्टरहरु डा. सरोज गिरी र डा. इन्द्र थापा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ जेठ ५ गते शनिबार