सुर्खेत । सुर्खेत हस्पिटलमा निसन्तान तथा बाँझोपन शिविर सम्पन्न भएको छ । कर्णाली प्रदेशमै पहिलोपटक एन्जल फर्टिलिटी क्लिनिक काठमाडौं र सुर्खेत हस्पिटलको सयुक्त सहकार्यमा एक दिने शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा महिला तथा पुरुष बाँझोपन, गर्भ तुहिने, दोस्रो सन्तान नबस्ने जस्ता समस्या भएका ४५ जना बिरामीले जांच तथा परामर्श गराएका थिए । निसन्तान रोग बिशेषज्ञ डा. माला श्रेष्ठ तथा भ्रुण बिशेषज्ञ प्रिती बिष्टद्वारा शिविरमा विरामीको चेकजाँच गरिएको थियो ।
शिविरबाट ३५ जना बाँझोपन समस्या भएका बिरामीले निशुल्क ओपिडिबाट जाँच तथा परामर्श लिएको अस्पतालका प्रबन्धक भक्त बहादुर शाहीले बताएका छन् । आगामी असार १ गते पुनः शिविर संचालन हुने र उक्त शिविरमा ल्याब तथा भिडियो एक्सरेमा १० प्रतिशत छुट दिइने प्रबन्धक शाहीको भनाइ छ ।
संवाददाता । सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित