सुर्खेत । सुर्खेतमा भएको बस दुर्घटनामा मृतक दुवै जनाको सनाखत भएको छ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कपासे नजिकै भएको बस दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २२ बर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का अन्दाजी ७० बर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो।
सोमबार दिउँसो साढे १ बजे दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाँबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस सुर्खेत–दैलेख सडक खण्डको कपासे नजिकै घुम्तीमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र बीर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार र्दुघटनामा परि २१ जना घाईते भएका छन्। घाईतेमध्ये एक जनाबाहेकको अवस्था सामान्य रहेको छ।
एक जनाको अवस्था मध्यम देखिएको डिएसपी विश्वकर्माले जानकारी दिए। घाईतेहरुको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयरमा उपचार भईरहेको छ। दुर्घटनाको यकिन कारण भने खुलिसकेको छैन ।
संवाददाता । सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित