सुर्खेत । राष्ट्रिय प्रजतन्त्र पार्टिको दैलेख क्षेत्र नं २ को अध्यक्षमा गणेश रेग्मी सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज मंगलवार कर्णाली प्रदेश राष्ट्रिय प्रजतन्त्र पार्टिका उपाध्यक्ष सुरतजङ्ग शाही र कर्णाली प्रदेश सदस्य टिकाराम कार्किको उपस्थितिमा बसेको क्षेत्रीय कार्यसमिती बैठकले रेग्मीलाई उहाँले पार्टी र समाजमा गर्नुभएको योगदानका आधारमा क्षेत्रिय अध्यक्षमा निर्वाचित गरेको हो । गणेश रेग्मी २०७४ सालको स्थानिय तहको चुनाबमा राप्रपा बाट दुल्लु नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पनि हुनुहुन्थ्यो ।
साथै उक्त बैठकले नगर र प्रदेश कार्यसमिती पनि हेरफेर गरेको छ । जसमा प्रदेश उपाध्यक्षमा तपेन्द्रनाथ योगी, प्रदेश सचिव राजेश पुरी र नगर सदस्यमा सुर्य खत्रीलाई सर्वसम्मत जिम्मेवारी दिईएको छ ।
संवाददाता । मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित