Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै



काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट०सार्वजनिक गर्दै छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाको सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।


सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ ।

प्रकाशित मिति : २०८१ जेठ १५ गते मंगलबार