Karnali Media
२०८३ भदौ २२ , सोमबार

नेदरल्याण्ड्स विरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै



आइसीसी टि२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्ध टस हारेको छ । नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।

नेपालको टोलीमा नियमित खेलाडी सन्दीप जोरा सहित कमल सिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी टोलीबाट बाहिर रहेका छन् ।

नेपाली टोलीः


रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलसन झा, सोमपाल कामी, अविनाश बोहरा, सागर ढकाल,

बेन्चः कमलसिंह ऐरी, प्रतिश जीसी, सन्दीप जोरा, ललित राजवंशी,

प्रकाशित मिति : २०८१ जेठ २२ गते मंगलबार