दैलेख । दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलमा जालीबाट खुट्टा छिर्दा फसेका खच्चडको उद्धार सुरु भएको छ । स्थानीयका अनुसार दुबै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको छ ।
पुलमा फसेका खच्चडहरुको तार काटेर कर्णाली नदीमा खसालेर उद्धार कार्य सुरु भएको हो । हालसम्म ४ वटा खच्चडलाई पुलबाट नदीमा खसालेर उद्धार गरिएको छ । अन्य खच्चडहरु तीन घण्टादेखी पुलमा नै फसेका छन् । अन्य कुनै विकल्प नभएपछि पुलको जाली काटेर उद्धार कार्य थालिएको प्रहरीले स्थानीयले जनाएका छन् ।
पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबिस नगरपालिकाको राकम बजार आउँदै गर्दा आइतबार बिहान पुलको छेउको जालीमा १५ वटा खच्चडहरु फसेका थिए ।
संवाददाता । आइतबार, जेठ २७, २०८१ मा प्रकाशित