Karnali Media
२०८३ असार २ , मंगलबार

झोलुङ्गे पुलमा फसेका २ खच्चड मरे



दैलेख । कर्णाली नदीको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धार गरिएको छ । आइतबार बिहान अछामको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेको १३ वटा खच्चड मध्ये हिलेसम्म १० वटाको उद्धार गरिएको हो ।

उद्धार गरिएका खच्चडहरुमा २ वटा खच्चड मरेका छन् । स्थानीयका अनुसार एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो ।


अझै ३ वटा खच्चडको उद्धार कार्य जारी रहेको छ । पुलमा फसेका खच्चडको उद्धार गर्न नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय लगायत खटिएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेठ २७ गते आइतबार