अछामको एक स्वास्थ्य चौकीमा रहेको रिफ्रीजिरेटर (फ्रिज) मा मादक पदार्थ बियर भेटिएका छन् ।
जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर वडा नम्बर ९ मष्टाबण्डालीको स्वास्थ्य चौकीमा रहेको फ्रिजमा बियरका बोतल भेटिएका हुन् ।
प्रयोगशाला,खोप लगायतका स्वास्थ्य सामाग्री भण्डारण गर्ने प्रयोजनका लागी राखिएको फ्रिजमा मादक पदार्थ बियरका बोतल भेटिएको भिडिओ सामाजिक संजालमा भाइरल भईरहेको छ ।
स्रोतका अनुसार स्वास्थ्य चौकीको फ्रिजमा लामो समयदेखी बियरका बोतल भण्डारण हुँदै आएको थियो । केहि स्वास्थ्यकर्मी र केहि स्थानीयहरूले बियरका बोतल चिसो पार्न स्वास्थ्य चौकीको फ्रिजमा राख्ने गरेको स्रोतको दाबी छ ।
बिरामीको उपचार हुने स्वास्थ्य चौकीको आफ्नै फ्रिजमा बियरका बोतल भेटिनुले स्वास्थ्यकर्मीको गैर जिम्मेवारीपन उदांगो भएको छ । यस घटनामा जोडिएकाहरूलाई कार्वाही हुनुपर्ने माग उठेको छ ।
संवाददाता । शुक्रबार, जेठ ३२, २०८१ मा प्रकाशित