Karnali Media
२०८३ असार २ , मंगलबार

यौनिक तथा लैगिंक अल्पसंख्यकले निकाले र्‍याली



सुर्खेत । लैंगिक तथा लैंगिक अल्पसंख्यकहरुले वीरेन्द्रनगरमा र्‍याली निकालेका छन्। मंगलबार वीरेन्द्रनगर बजारमा उनीहरुले र्‍याली निकालेका हुन्।

‘प्राइड मन्थ’को अवसरमा ब्लु डायमण्ड सोसाईटी र राइट हेर राइट नावको आयोजनामा र्‍याली निकालिएको हो।


समाजमा यौनिक तथा लैंगिक अल्प संख्यक र अन्य मानिसहरु पनि छन् भन्ने सन्देश दिन र्‍यालीको आयोजना गरिएको हो।
समाजमा बस्ने हरेक मानिसको हक बराबर भएकाले सोहीअनुसार व्यवहार गर्नुपर्छ भन्ने पनि र्‍यालीको सन्देश थियो। लैंगिक रुपमा पछि परेकाहरुले राज्यबाट अझ विशेष अधिकार पाउनुपर्छ भन्ने उद्देश्यका साथ र्‍याली निकालिएको थियो।

वीरेन्द्रनगर बजारको मंगलगढी चोकबाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी पिपलचौतारामा पुगेर कोणसभामा परिणत भएको थियो।

प्रकाशित मिति : २०८१ असार ५ गते मंगलबार