सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा मुख्य कार्यालय रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २२औं स्थापना दिवस विशेष कार्यक्रम बृहत रक्तदान कार्यक्रम सहित २२औं स्थापना दिवसको कार्यक्रम सम्पन्न गरेको छ ।
२२औं स्थापना दिवस २०८१ को अवसरमा नेपाल रेटक्रस सोसाईटी उपशाखा भैरवस्थाको समन्वयमा तथा संस्थाको आयोजनामा संस्थाका सञ्चालक,उपसिमित,कर्मचारीहरु,शेयर सदस्यहरु सहितको सहभागितामा सामुदायिक उत्तरदायित्व अन्तर्गत बृहत रक्तदान कार्यक्रम सम्मपन गरेको छ । उत्त रक्तदान कार्यक्रममा २२ जना व्यक्ति द्धारा रक्तदान गर्नुभएको छ । २२औं वर्षमा प्रवेश गरेको अवसरमा २२ जना व्यक्तिद्धारा नै रक्तदान गरिएको संस्थाका सचिव गणेशमान खनालले जानकारी दिए ।
यसै गरी आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा नीति कार्यक्रम अनुसार संस्था तथा सिटिजन लाईफ ईन्सुरेन्स कम्पनीको समन्वयमा सञ्चालित सदस्यको म्यादी जीवन बिमा समेत यस अवधिमा मृत्यू भएका ४ जना सदस्यका एकाघर परिवारका हकवालालाई हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको छ ।
संस्था स्थापनाको २२औं वर्ष सम्म पुग्दा संस्थाको हाल कुल वासलात रु. २१करोड ६१ लाख १४ हजार ६ सय ९० रहेको र कुल बचत १६ करोड ७ लाख ७२ हजार रहेको र साकोसमा हाल २ हजार ८ सय ५५ शेयर सदस्य तथा ७७९ जना बाल बचतकर्ता रहेका छन । साथै कार्यक्रम संस्थाका अध्यक्ष बल बहादुर सार्कीको अध्यक्षाता भएको थियो ।
कार्यक्रम संञ्चालन संस्थाका सचिव गणेशमान खनालले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मनिराम भण्डारीले राखेको संस्थाका प्रबन्धक रमेश खनालले बताए ।
संवाददाता । बुधबार, असार ०५, २०८१ मा प्रकाशित