नेपाल क्रिकेट संघ क्यानका सचिव एवं राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का वाईफाई नेपाल प्रालिको ब्रान्ड एम्बेसडर बनेका छन् ।
फाइबर इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको वाईफाई नेपालले काठमाडौंमा आयोजित एक कार्यत्रममा खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
सन् २०२२ मा स्थापना भएको वाईफाई नेपालले ५० र ८० एमबीपीएस क्षमताको इन्टरनेट सेवालाई ७ वटै प्रदेशबाट सुरु गरेको बताएको छ । ‘भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा सुपथ मूल्यमा रहेका नेपालीको पहुँचमा पुर्याउन चाहन्छौं,’ वाईफाई नेपाल प्रालिका सीईओ शत्रुहन पञ्जियारले भने । वाईफाई नेपाल कम्पनीले हालसम्म ३० भन्दा बढी शाखा विस्तार गरिसकेको पनि बताएको छ ।
संवाददाता । बिहिबार, असार १३, २०८१ मा प्रकाशित