काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो ।
१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाएपनि हार टार्न सकेनन् ।
एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिँएको थियो । १७ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय पुनरागमन गरेको थियो । अन्तिम ६ बलमा १६ रन चाहिँएको थियो । हार्दिक पान्ड्याको बलमा मिलर सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो ।
संवाददाता । आइतबार, असार १६, २०८१ मा प्रकाशित