Karnali Media
२०८३ असार २ , मंगलबार

सुर्खेत हस्पिटलमा `माईक्रोबायोलोजी कल्चर´ सेवा सुरु



सुर्खेत सुर्खेत हस्पिटलमा रोगको वास्तविक पहिचानमा सहयोग पुर्‍याउने `माईक्रोबायोलोजी कल्चर´ सेवा सुरु भएको छ । लामो समयसम्म पनि राेगकाे वास्तविक पहिचान हुन नसकेका विरामीले अब सुर्खेत हस्पिटलबाट उक्त सेवा लिन सक्नेछन् ।

अस्पतालले हालै सुरु गरेको माईक्रोबायोलोजी कल्चर बाट रोगको गहिराइ सम्म पुगि सहजै जिवाणु पत्ता लगाउने सेवा सुरु भएको अस्पतालले जानकारी दिएको छ ।


कुन जिवाणु बाट रोग लागेको हो र त्यस जिवाणु को लागि कस्तो प्रकारको औषधि दिने कल्चर गरेपछि मात्र पत्ता लाग्ने अस्पतालमा कार्यरत सिनियर मेडिकल ल्याब टेक्नोलोजिष्ट ओम आचार्यलेले बताए।

साधारण ल्याबले रोगको पहिचान गरेपनि त्यो रोग लाग्नुको वास्तविक कारण पत्ता लगाउन भने माईक्रोबायोलोजी कल्चर गर्नुपर्ने हुन्छ ,जुन सेवा अहिले सुर्खेत हस्पिटलले प्रदान गरेको अस्पताल “प्रबन्धक”भक्तबहादुर शाहीले बताएका छन् ।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिबार