सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले ‘नेपालबाट राजतन्त्र हटाएर के पायाैँ ?’ भन्ने प्रश्न उठाएका छन्। शुक्रबार माेरङकाे रतुवामाईमा आयाेजित सभालाई सम्बाेधन गर्दै उनले यस्ताे प्रश्न उठाएका हुन्।
‘देशको अर्थतन्त्रको नास गर्याैँ, भाइ–भाइ लडेयौँ समाजमा तथानामका जातीय, वर्गीय द्वन्द गर्याैँ। नेपाली जनताले रगत बगाए,’ प्रवक्ता शाहीले भने,‘वास्तममा राजतन्त्र हटाएर के पायौँ ? नेपाली जनता र देशले के पाए ?
उनले यो देशमा विदेशीवादभन्दा नेपालमा सुहाउँदो वादकाे आवश्यकता भएकाे बताए।
‘स्वदेशी विचारसहित संवैधानिक राजतन्त्र र जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री यो देशको साशन व्यवस्था कायम गर्नुपर्छ,’ उनले भने।
भिडियोमा हेर्न तलको लिन्कमा जानुहोला
किरण रेग्मी । शनिबार, चैत १९, २०७८ मा प्रकाशित