Karnali Media
२०८३ असार १६ , मंगलबार

८ महिनामा नेपाल भ्रमणमा आए ७ लाख २० हजार पर्यटक



काठमाडौँ । पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ । यस वर्ष मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको बोर्डले जानकारी दिएको छ ।


जुलाईमा सबैभन्दा कम ६४ हजार ५९९ पर्यटक आएको बोर्डको तथ्यांकमा देखिएको छ ।

प्रकाशित मिति : २०८१ भदौ १७ गते सोमबार