जुम्ला । आज हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ ।
दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेल आउने भनिएको थियो । प्रतिष्ठान रजिस्ट्रारको कार्यालयले सूचना प्रकाशित गर्दै दीक्षान्त समारोह तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम प्राविधिक कारणले स्थगित भएको जनाएको छ ।
आगामी कात्तिक २८ गते का लागि दीक्षान्त समारोहको लागि मिति निर्धारण गरिएको हो । आज आँखा उपचार केन्द्रको उद्घाटन,र विश्व स्वास्थ्य संगठनबाट प्राप्त ईएमआर सिस्टम हस्तान्तरण कार्यक्रम हुने समेत जानकारी गराइएको छ । दीक्षान्त समारोहका लागि जिल्ला स्थित सांसदहरू,स्वास्थ्य सचिवलगायतको टोली जुम्ला आइपुगिसकेको थियो ।
आँखा उपचार केन्द्रको उद्घाटनको लागि नेत्र विशेषज्ञ डा. सन्दुक रुइत भने जुम्ला आइसकेका छन् ।
संवाददाता । आइतबार, भदौ २३, २०८१ मा प्रकाशित