Karnali Media
२०८३ असार १६ , मंगलबार

आज यी स्थानमा भारी वर्षाको सम्भावना



देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

शनिबार देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रकाशित मिति : २०८१ भदौ २९ गते शनिबार