सुर्खेत । भिजिट कर्णाली यातायात प्रालीले अनलाइनबाट टिकट लिन सकिने सेवा विस्तार गरेको छ । भिजिट कर्णाली यातायात नामक एप्स र वेवसाइटबाट यात्रुहरुले टिकट लिन सक्नेछन् ।
गुगल प्ले स्टोरमा भिजट कर्णाली यातायात सर्च गरेर एप्स डाउनलोड गर्न सकिन्छ ।
कर्णालीको पर्यटन प्रवद्र्धनमा टेवा पुराउने र यात्रुहरुलाई सहज सेवा दिने उदेश्यले अनलाइन टिकट प्रणाली सेवा विस्तार गरिएको भिजिट कर्णाली यातायात प्रालीका अध्यक्ष प्रकाश कुमार शाहीले बताएका छन् । टिकटकै कारण बसपार्कमा यात्रुहरुले खेप्नुपर्ने विभिन्न समस्याहरुको समाधान गर्न, भरपर्दा र आरामदायी सेवा दिन र प्रविधिसँग यात्रुहरुलाई जोड्नका लागि अनलाइन टिकट प्रणालीको व्यवस्था गरिएको शाहीले बताए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रधान कार्यालय भएको यस यातायात प्रालीले स्थापना भएको छोटो समयमा नै कर्णालीका विभिन्न जिल्लाहरुमा यात्रुहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ । अहिले यस प्रालीमा स्कार्पियो र वोलेरो गरेर जम्मा ४६ वटा गाडीहरु रहेका छन् । यी गाडीहरु दैनिक विभिन्न १६ वटा रुटमा चल्दै आएका छन् ।
अनलाइन तथा एप्सबाट कसरी टिकट लिने ? (भिडियोमा)
संवाददाता । मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित