देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखा अहिले पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणमा रहेको महाशाखाले जनाएको छ ।
संवाददाता । शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित