सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिआइजी अर्जुन चन्द ठकुरी हेड क्वाटर ल्याइएको छ । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा उनलाई हेड क्वाटर तानिएको हो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीका अनुसार उनको ठाउँमा डिआइजी जनक भट्टराईलाई पठाइएको छ ।
आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डिआइजी ठकुरीलाई हेड क्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको प्रवक्ता कार्कीले बताए ।
संवाददाता । सोमबार, असोज ०७, २०८१ मा प्रकाशित