Karnali Media
२०८३ असार १६ , मंगलबार

नख्खु खोलाले बगाएका चारमध्ये तीनजनाको उद्धार



काठमाडौं । ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको उद्धार गरिएको छ । स्थानीय पूर्ण केसीले उद्धार गरेर उनीहरुलाई उपचारका लागि पाटनअस्पताल पठाएको बताएका छन् ।

खोला किनारको एक टहरोको छतमा उद्धारको प्रतिक्षामा बसेका उनीहरुलाई बाढीले बगाएको थियो । बाढीमा बगेका मध्ये एकजना बेपत्ता छन् । ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको थियो ।


प्रकाशित मिति : २०८१ असोज १२ गते शनिबार